
काठमाडौँ। युवा समाजसेवी एवं उद्यमी विनोद सुवेदीलाई मातृशोक परेको छ। सुवेदीकी आमा चन्द्रकुमारी सुवेदीको चन्द्रागिरी नगरपालिका ४ निजि निवासमा आज निधन भएको हो।
चन्द्रकुमारीको २०१३ सालमा मकवानपुरको साविक भार्ता गाउँपञ्चायत बिलाउनेमा जन्मनुभई हाल चन्द्रागिरी नगरपालिकामा बस्दै आउनुभएको थियो। उहाँ समाजमा एक स्पष्ट वक्ता, समाजसेवी साथै निडर महिला हुनुहुन्थ्यो।
उहाँका एक छोरा, तीन छोरीहरू क्रमशः तारा सुवेदी, उर्मिला खनाल र भावना भण्डारी हुनुहुन्छ।
उहाँको पार्थिव शरीर पशुपतिनाथ परिसरमा राखेर शनिबार शोक तथा समवेदना सभाको आयोजना गरियको थियो। उक्त सभामा आफन्तजन, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
समवेदना सभामा केक्यानका अध्यक्ष गणेश शर्मा, यूसीए अध्यक्ष रामशरण ढकाल, भण्डारा समाजका अध्यक्ष रामहरि धरेल, इक्यान प्रतिनिधि सुरज सिलवाल, केक्यान सचिव एसपी भट्टराई, नेका प्रतिनिधि त्रिलोचन अधिकारी लगायतले समवेदना प्रकट गर्नुभएको थियो।
चन्द्रकुमारीको शनिबार नै पशुपतिमा आर्यघाटमा अन्त्यष्टी गरिएको थियो।