
काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।