सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

प्रिमियर लिगमा चेल्सीको जित

प्रिमियर लिगमा चेल्सीको जित

  • खबर सेवा

  • मङ्लबार, माघ ८, २०८१

  • 66
    SHARES
प्रिमियर लिगमा चेल्सीको जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वल्भ्सलाई ४–१ गोलले हराएको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन टोसिन अडारावियो, मार्क कुकुरेला र नोनी माडुइकेले गोल गरे ।

वल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । जितसँगै चेल्सी २२ खेलबाट ४० अंकका साथ तालिकाको चौंथो स्थानमा छ । वल्भ्स १६ अंकका साथ १७ औं स्थानमा छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology