सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

कति छ आजको तरकारीको मूल्य?

कति छ आजको तरकारीको मूल्य?

  • खबर सेवा

  • बुधबार, माघ ९, २०८१

  • 127
    SHARES
कति छ आजको तरकारीको मूल्य?

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सीसहितका तरकारी आज निकै सस्तिएका हुन्। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन।

कालिमाटीमा आज लोकल गोलभेँडा १७, रातो आलु ४४, तराईको गाँजर ३५, लोकल बन्दा २०, तराईको बन्दा १७, नरिवल बन्दा १२, स्थानीय काउली १२, ज्यापु काउली २२, तराईको काउली १२, रातो र सेतो मुला २५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी लाम्चो भन्टा ३५, लौका ५५, करेला र परबल ९५, पाकेको फर्सी ४५, हरियो फर्सी १२, भिन्डी १२५, रायोको साग १२, कन्य च्याउ ७८, डल्ले च्याउ २७३, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा २२, रातो आलु ४४, तराईको बन्दा १७, स्थानीय काउली १२, नरिवल बन्दा १२, मुला १७ रुपैयाँ प्रतिकिलो थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology