सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रूपन्देही अदालतमा उपस्थित भए रवि

रूपन्देही अदालतमा उपस्थित भए रवि

  • खबर सेवा

  • बुधबार, माघ ९, २०८१

  • 98
    SHARES
रूपन्देही अदालतमा उपस्थित भए रवि

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको बताए।

बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको थियो। लामिछाने मंगलबार साँझ नै केही कानुन व्यवसायीको साथमा भैरहवा आएका थिए।

लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यी सहकारीहरूबाट लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गैरकानुनी रूपमा बचत आएको देखिएको थियो।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology