सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • बिहिबार, माघ १०, २०८१

  • 89
    SHARES
घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि घटेको छ । आज एक अर्ब ३४ करोड रुपैयाँले सेयर कारोबार घटेको हो ।

आज सात अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो। आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सुपर मादी हाइड्रोपावर र मन्दकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकको परिसूचक ०.८३ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर छ ।

बाँकी समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले घटेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology