
काठमाडौँ। रवि लामिछानेलाई आज पजि जिल्ला अदालत, रुपन्देहीले परिवारकै जिम्मा लगाइको छ। बिहीबार लामिछानेको थुनछेक बहस नसकिएपछि उनलाई श्रीमतीकै जिम्मा लगाएर पठाएको हो।
शुक्रबार १० बजेपछि इजलासमा उपस्थित गराउने सर्तमा रविलाई निकीताको जिम्मा लगाएर पठाएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
बिहीबार सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले थुनछेक बहस सुरु नहुँदै हिरासतमा नराखी पठाएको भन्दै आपत्ति जनाएका थिए। तर बिहीबारको बहसपछि पनि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यसअघिकै जस्तो आदेश गरेको हो।