
काठमाडौं । हाँस्य टेलिशृंखला ‘सक्किगोनी’मा ‘काकु’ले परिचित दीपक आचार्यको निर्देशनमा फिल्म बन्ने भएको छ। ‘परान’ मा नामक फिल्मको निर्देशन गर्दै काकुले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका हुन्। जुन फिल्ममा नीर शाह केन्द्रीय भूमिकामा रहनेछन् भने मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ।
फिल्ममा बालकलाकारका रूपमा आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ। फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । फिल्मको छायाँकन काठमाडौं र धनकुटामा हुनेछ।