सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

अनमोलको ‘आफ्नो पन’ बजारमा

अनमोलको ‘आफ्नो पन’ बजारमा

  • खबर सेवा

  • बिहिबार, माघ १०, २०८१

  • 198
    SHARES
अनमोलको ‘आफ्नो पन’ बजारमा

काठमाडौँ। पूर्वलडाकु एवं लेखक तारा राई ‘अनमोल’को दोस्रो पुस्तक ‘आफ्नोपन’ बजार आएको छ। साझा प्रकाशनले प्रकाशन गरेको १६८ पृष्ठको उपन्यासमा माओवादी सशस्त्र द्वन्दवको विषयका लेखिएको छ। १६ वर्षमा लडाकुमा होमिएकी अनमोल जीवनकाहनी समेत पुस्तकमा समेटिएको छ।

जनताका गीतहरू गाउँदै, हिँड्दै जाँदा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेर लामो समय सैनिक हिरासत, प्रहरी हिरासत हुँदै इलाम, झापा र मोरङ जेलको कालकोठरीमा बन्दी जीवन बिताइन्।

३५० रुपैयाँ मूल्यको पुस्तकले मानव जीवनको नउधिनेको पाटोलाई बाहिर ल्याएको छ। उपन्यासमा पनि छापामार युवतीको डायरी जस्तै त्यहाँ नसमेटिका कथाव्यथालाई पात्रहरू मार्फत सरस शैलीमा पस्केकी छन् । बन्दीको मनोदशा र प्रेमलाई पनि उपन्यासले समेटेको छ।

लेखिका राईका अनुसार उपन्यास आफ्नोपन छापामार युवतीको डायरीभन्दा अघि नै लेखिएको थियो । २०६५ सालमा पाण्डुलिपि तयार गरेकी ताराले त्यसभन्दा पछि लेखेको छापामार युवतीको डायरीलाई बाहिर ल्याइन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology