बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भन्यो : यसपटक आगलागीका घट्न बढ्छन्, सचेत रहनुहोला

विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भन्यो : यसपटक आगलागीका घट्न बढ्छन्, सचेत रहनुहोला

  • खबर सेवा

  • शुक्रबार, माघ ११, २०८१

  • 83
    SHARES
विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भन्यो : यसपटक आगलागीका घट्न बढ्छन्, सचेत रहनुहोला

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, ‘क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ।’

उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए ।

उनले अहिले वन डढेलो क्रमशः निभाउने प्रयास भइरहेको जानकारी दिए । प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै आगलागी भइहालेमा निभाउनका लागि पूर्वतयारीमा रहन पनि सरोकारवालालाई अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology