
काठमाडौँ। सामाजिक सन्जाल र मिडियामा प्रचारमा आइरहेकी एलिना चौहानले आफ्नो डिर्भोसबारे मुख खोलेकी छन्। चर्चापरिचर्चासँगै पति विष्णु सापकोटासँग विच्छेदको मुद्दा दायर गरेपछि एलिना खुलेकी हुन्। उनले
शनिबार फेसबुक लाइभमा आउँदै गायिका चौहानले दुवै पक्षको छलफल र सहमतिमा सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइएको बताएकी हुन्।
‘यो डिसिजनचाहिँ एकदम सोचेर लिएको डिसिजन हो। दुई जनाले सल्लाह गरेर, दुई जनाले कुरा गरेर घरपरिवारबीच कुरा भएर। डिसिजन लेको कुरा हो’, उनले फेसबुक लाइभमा भनेकी छन्, ‘अदालतभित्रको कुरा कसरी बाहिर निस्किन्छ, त्यो मलाई थाहा छैन। कहिलेकाहीँ कति कुराहरूचाहिँ इच्छाभन्दा पनि जरुरी हुँदोरहेछ। गर्नैपर्ने जरुरी हुँदोरहेछ। मनमुटाव हुँदाहुँदै पछि ठूलो दुर्घटना भयो भने झन् नराम्रो हुन्छ नि१ अहिले त केही बिग्रेको छैन।’