
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २४ औं महाधिवेशन २०८२ जेठमा गर्ने भएको छ।सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले २०८२ जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिककुमार बडालले जानकारी दिए।
यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो। तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको अध्यक्ष बडालले जानकारी दिए।