बुधबार, चैत्र १२, २०८१
English
Follow us:

‘सकम्बरी’ चर्चा : पहिले अभिनयले, अहिले प्रेमले

‘सकम्बरी’ चर्चा : पहिले अभिनयले, अहिले प्रेमले

  • खबर सेवा

  • मङ्लबार, माघ २२, २०८१

  • 113
    SHARES
‘सकम्बरी’ चर्चा : पहिले अभिनयले, अहिले प्रेमले
कलाकार कुशुम शर्मा।

काठमाडौं । केही समयअघि चर्चामा आएकी कलाकार थिइन्। कुुशुम शर्मा एवं सकम्बरी। गायक प्रकाश सपुतको ‘फूलमाया’बाट चर्चामा आएकी उनले सम्भावना भएकी कलाकारमा गन्निन्। केही म्युजिक भिडियो गरिन् पनि। तर जति म्युजिक भिडियो बढे, त्यति नै चर्चामा कम आउन थालिन् सकम्बरी।

एकाएक हिटबाट, आपसेआप फ्लप बन्दा सकम्बरीको बजार घट्न थाल्यो। बिस्तारै उनी हराउँदै गइन्। तर अहिले फेरि उनको चर्चा चल्न थालेको छ।

सकम्बरीको चर्चा अभिनयले होइन नभई अहिले प्रेमसम्बन्धले भइरहेको छ। नहोस् पनि किन? सामाजिक सन्जालमा छताछुल्ल भएका छन् सकम्बरीका प्रेम। विशेषतः रोमान्टिक टिकटक भिडियोले उनी प्रेममा छिन् देखाउँछ। ग्ल्यामर क्षेत्रभन्दा बाहिरका काठमाडौंमा घर भएका एक युवक विश्व अधिकारीसँग उनी प्रेममा रहेको चर्चा छ ।

टिकटक भिडियोदेखि कमेन्ट हेर्दा यी दुईजना प्रेममा रहेको सहजै बुझ्न सकिन्छ । विश्वले पनि टिकटकमा कुसुमसँगका रोमान्टिक भिडिया हालिरहेका छन् । निकट स्रोतका अनुसार कुसुम र विश्व केही महिनादेखि प्रेम सम्बन्धमा छन्। उनको करियर कति माथि जाला भन्न सकिँदैन तर प्रेम सम्बन्धकै कारण किन नहोस्। सकम्बरीको चर्चा कम छैन।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology