शनिबार, माघ २६, २०८१
English
Follow us:

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 75
    SHARES
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ। महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्। नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्।

इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्। नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे।

नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डसँग नेपाल समान दुई खेलमा पराजित भएको छ। अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology