मुख्य समाचार

हेर्नुहोस् आजको राशिफल

आज बिहीबार, २४ माघ २०८१ ९६ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल।

मेष : मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। राजनीतिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। वैदेशिक कार्य सफलोन्मुख हुनेछ।

वृष : रोकिएका काम पुनः सुरु हुनेछन्। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाउँदा हर्षित भइनेछ। सेयर बजारबाट राम्रो लाभ मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ।

मिथुन : दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। मध्य दिनपछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ।

कर्कट : बोलीको भरमा कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक कृत्यमा सहभागिताको अवसर जुर्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

सिंह : नयाँ व्यक्तिसँगको समीपता बढेर जानेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। रमणीय र सुखद यात्राको योग छ।

कन्या : दिन भाग्यशाली भएर देखा पर्नेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला : स्वास्थ्य र सुन्दरतामा धन खर्च हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। वैदेशिक क्षेत्रबाट भने राम्रै सफलता मिल्नेछ।

वृश्चिक : दिन अविस्मरणीय सम्झनाले बित्नेछ। शुभकार्यमा सहभागी भइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

धनु : ठूला व्यक्तिबाट प्रशंसा पाउनुहुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

मकर : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

कुम्भ : समय प्रतिकूल भई कुलतमा मन जानेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्‍याउनु होला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।

मीन : अनपेक्षित शुभ समाचारले हौसला बढाउनेछ। सजिलै अरूको विश्वास जित्न सकिएला। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। पुँजी बजारबाट राम्रो सफलता हात पर्ला। तर, साँझमा भने केही पैसा खर्च हुन सक्छ।

सम्बन्धित समाचार

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

काठमाडौँ।  वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...

कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष

कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाजहरू क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको...