सोमवार, मंसिर २२, २०८२
English
Follow us:

कालिमाटीमा सस्तियो तरकारी

कालिमाटीमा सस्तियो तरकारी

  • खबर सेवा

  • बिहिबार, माघ २४, २०८१

  • 143
    SHARES
कालिमाटीमा सस्तियो तरकारी

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज पनि कालिमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ।

कालिमाटीमा आज गोलभेँडा, बन्दा, काउली, गाँजरसहितका केही तरकारीको मूल्य घटेको छ। तर, धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज तराईको सानो लोकल गोलभेँडा १७, भारतीय सानो गोलभेँडा २७, रातो आलु ३४, भारतीय रातो आलु ३२, तराईको गाँजर २०, लोकल बन्दा १५, तराईको बन्दा १०, स्थानीय काउली १२, तराईको काउली १२, सेतो मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा २५, मटरकोसा ४५, घिउसिमी ७५, करेला १०५, लौका र पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, रायोको साग १२, कन्य च्याउ ८१, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा २२, रातो आलु ३४, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ६४, तराईको गाँजर २५, तराईको बन्दा १२, लोकल बन्दा १५, स्थानीय काउली १०, ज्यापु काउली १७, तराईको काउली १२, सेतो मुला १७, लाम्चो भन्टा २५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि डल्ले भन्टा ४५, मटरकोसा ४५, घिउसिमी ५५, राजमा ७५, करेला १०५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, स्कुस ३५, रायोको साग १२, कन्य च्याउ ८०, डल्ले च्याउ २९०, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology