बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

पार्टीको विधि र पद्धतिबाहिर गएर नबोल्न एकीकृत समाजवादीको निर्देशन

पार्टीको विधि र पद्धतिबाहिर गएर नबोल्न एकीकृत समाजवादीको निर्देशन

  • खबर सेवा

  • बिहिबार, माघ २४, २०८१

  • 106
    SHARES
पार्टीको विधि र पद्धतिबाहिर गएर नबोल्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी अभिव्यक्ति दिन थालेपछि त्यस्तो निर्देशन दिइएको हो।

जनताप्रति भ्रम सिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेकाले यस्ता क्रियाकलाप रोक्न तथा पार्टीका अनुशासित र स्वाभिमानी नेता कार्यकर्ताहरुप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology