सिन्धुलीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते [घाइते र मृतकको विवरणसहित]
काठमाडौँ। सिन्धुलीमा आज बिहान गाडी दुर्घटना भएको छ। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको हो।
दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय खुलेको छ। दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।
ईभी गाडी दुर्घटना हुँदा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई- ८ का ५३ वर्षीय सनबहादुर तामाङ, मोरङको लेटाङ-२ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा-५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापा बारादशी-१ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन्।
घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको इन्सपेक्टर चारसियाले जानकारी दिए। दुर्घटनामा परेको गाडीमा चालक को थिए खुलेको छैन।घाइते सबैको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। ‘गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौँ पठाउने तयारी हुँदैछ,’ इन्सपेक्टर चौरसियाले भने।
गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...




