बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते [घाइते र मृतकको विवरणसहित]

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते [घाइते र मृतकको विवरणसहित]

  • खबर सेवा

  • शुक्रबार, माघ २५, २०८१

  • 92
    SHARES
सिन्धुलीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते [घाइते र मृतकको विवरणसहित]

काठमाडौँ। सिन्धुलीमा आज बिहान गाडी दुर्घटना भएको छ। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय खुलेको छ। दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।

ईभी गाडी दुर्घटना हुँदा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई- ८ का ५३ वर्षीय सनबहादुर तामाङ, मोरङको लेटाङ-२ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा-५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापा बारादशी-१ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन्।

घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको इन्सपेक्टर चारसियाले जानकारी दिए। दुर्घटनामा परेको गाडीमा चालक को थिए खुलेको छैन।घाइते सबैको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। ‘गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौँ पठाउने तयारी हुँदैछ,’ इन्सपेक्टर चौरसियाले भने।

गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology