खेलकुद

भारतसँग नटिकेको इंग्ल्यान्ड

काठमाडौं। पछिल्लो समय भारतीय क्रिकेट टोली एकपछि अर्को सानदार जितक निकालिरहेको छ। चाहे एक दिवसीय होस् वा टी २० भारतले नतिजा आफ्नो पक्षमा पारिरहेकै हुन्छ। गत साता इंग्ल्यान्डविरुद्ध नै टी २० शृंखलामा भारतले सानदार शृंखला कब्जा गर्यो। ५ खेलको शृंखलामा ४ जित निकाल्दै इंग्ल्यान्ड सान्तवना जितमा चित्त बुझाउन पर्यो। अहिले भारत फेरि इंग्ल्यान्डविरुद्ध चम्किरहेको छ।

इंग्ल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली भारत चार विकेटले विजयी भएको छ। जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ।

बिहीबार नागपुरस्थित विदर्भ क्रिकेट संघको मैदानमा इङ्ल्यान्डले प्रस्तुत गरेको २४९ रनको लक्ष्य भारतले ३८।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि शुभमन गिलले ९६ बलमा १४ चौकाको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे ।

यसैगरी श्रेयस अय्यरले ३६ बलमा ९ चौका र दुई छक्काको मद्दतले ५९, अक्षर पटेलले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले ५७, यशस्वी जैसवालले १५ र रविन्द्र जडेजाले अविजित १२ रन बनाए । शुभमनले चौथो विकेटका लागि अक्षरसँग १०८ तथा तेस्रो विकेटका लागि श्रेयससँग ९४ रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि सकिब मोहम्मद र आदिल रासिदले समान दुई तथा ज्याकोब बेटहिलले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ४७।४ ओभरमा सबै विकेट गुमाउँदै २४८ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि कप्तान जोस बट्लरले ६७ बलमा चार चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे ।

यसैगरी ज्याकोब बेटहिलले ६४ बलमा तीन चौका र एक छक्काको मद्दतले ५१, फिल साल्टले ४३, बेन डुकेटले ३२, जोफ्रा आर्चरले अविजित २१, जो रुटले १९ र ब्रेडन कार्सेले १० रन बनाए।

पहिलो विकेटका लागि फिल र बेनले ७५ तथा पाँचौं विकेटका लागि जोस र जोले ५९ रनको साझेदारी गरे । भारतका लागि हर्षित राना र रविन्द्र जडेजाले समान तीन तथा मोहम्मद शामी, अक्षर पटेल र कुलदीप यादवले समान एक विकेट लिए ।

सम्बन्धित समाचार

जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो

जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो

काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...

टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित...

नेपालले इटलीलाई दियो १ सय २४ रनको लक्ष्य

नेपालले इटलीलाई दियो १ सय २४ रनको लक्ष्य

काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई जितका लागि १ सय २४ रनको चुनौती दिएको छ। मुम्बइको वानखेडे स्टेडियममा...