बुधबार, चैत्र १२, २०८१
English
Follow us:

नेसपा नयाँ शक्तिको अध्यक्षमा शिक्षा सुधार अभियान्ता नेत्र चापागाईंको उम्मेदवारी घोषणा

नेसपा नयाँ शक्तिको अध्यक्षमा शिक्षा सुधार अभियान्ता नेत्र चापागाईंको उम्मेदवारी घोषणा

  • खबर सेवा

  • शुक्रबार, माघ २५, २०८१

  • 250
    SHARES
नेसपा नयाँ शक्तिको अध्यक्षमा शिक्षा सुधार अभियान्ता नेत्र चापागाईंको उम्मेदवारी घोषणा

काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) आगामी नेतृत्वका लागि शिक्षा सुधार अभियान्ता नेत्र चापागाईंले उम्मेदवारी घोषणा गरेका छन्।

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीमा हुँदैछ। शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न आन्दोलन र अभियान सञ्चालन गर्दै आएका चापागाईंले नेसपा (नयाँ शक्ति)को अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

उनी यसअघि शिक्षा सुधारका लागि माइतीघरमा समेत लामो समय उभिएर आन्दोलन गरेका थिए। उनलाई भेट्न शिक्षामन्त्री विद्या भट्टराई समेत पुगेका थिए। यसअघि उनी नेसपा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष थिए। बारम्बार एउटै पदमा नबस्ने भन्दै चापागाईंले विद्यार्थी राजनीति छाडे भने अब पार्टी राजनीतिमा होमिदैछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology