बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

जो एक लाख धरौटी बुझाउन नसकेर जेल चलान भए

जो एक लाख धरौटी बुझाउन नसकेर जेल चलान भए

  • खबर सेवा

  • शुक्रबार, माघ २५, २०८१

  • 85
    SHARES
जो एक लाख धरौटी बुझाउन नसकेर जेल चलान भए

काठमाडौँ । हामीले करोडौ धरौटी बुझाएर हिरासतबाट रिहा भएको खबर सुनेका छौँ। बिहीबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने चितवन जिल्ला अदालतलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनले हालसम्म २ करोडभन्दा बढी धरौटी बुझाइसके।

बैंक ग्यारेन्टी बुझाएर उनी ४ अदालतबाट धरौटीमै रिहा भएका छन्। उनी एक उदाहरण मात्रै हुन्। दैनिक करोडौ धर्राटी बुझाउने छन्। तर आज एक अभियोगकर्ता भने एक लाख धरौटी बुझाउन नसकेर रिहा हुनबाट बञ्चित भएका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमा कुटेको अभियोगमा ४ जनालाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो। जसमा एक व्यक्ति एक लाख धरौटी रिहा हुन सकेका छैनन्। ती हुन्, प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन्। उनले धरौटी रकम बुझाउन नसक्दा अन्य प्रतिवादीसँग छुट्न सकेका छैनन्।

उनीहरूमाथि ज्यान मुद्दा लगाइएको थियो। प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन्।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology