हेर्नुहोस् कस्तो छ आजको भाग्यफल
आज शनिबार, २६ माघ २०८१ ९८ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल
मेष : नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नै दक्षतामा विभिन्न काम फत्ते हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। वैदेशिक यात्राको योग छ।
वृष : प्राविधिक विषयमा बढी सफलता मिल्नेछ। नयाँ क्षेत्रमा गरिएको लगानीले आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिले सहयोग गर्लान्। न्यायिक कार्यमा सफलता मिल्नेछ।
मिथुन : आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। साँझमा भने काम देखाएर अरूको मन जित्न सकिनेछ।
कर्कट : स्थान परिवर्तनको योग देखिन्छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझमा खुसीका निम्ति केही खर्च हुन सक्छ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
सिंह : चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेम सम्बन्ध उचाइमा पुग्नेछ।
कन्या : रोकिएका काम पूरा हुनेछन्। नयाँ कार्यको योजनाले गति पाउनेछ। अतिथिका रूपमा सम्मान पाइएला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु होला।
तुला : वाणीमा लगाम लगाउनु पर्ला नत्र त्यही बोलीले परिबन्धमा फसिनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ। मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला।
वृश्चिक : नजिकका आफन्तसँग लामो समयपछि भेटघाट होला। चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ।
धनु : आँटे-ताकेको पूरा होला। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। नजिकका व्यक्तिले भरपुर सहयोग गर्नेछन्। केही धन भने खर्च हुन सक्छ।
मकर : आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका काम पूरा हुनेछन्। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राको अवसर छ।
कुम्भ : आफ्नै कार्यबाट मन सन्तुष्ट नहुन सक्छ। दुष्ट व्यक्तिको सङ्गतमा पर्दा अनुचित कार्य गर्न पुगिएला, सचेत रहनुपर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ।
मीन : मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। वैदेशिक कार्य पनि पूरा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शैक्षिक क्षेत्रमा पनि सफल भइनेछ।
ताजा अपडेट
-
१.
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
-
२.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
३.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
४.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
५.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
काठमाडौँ। वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...




