सोमवार, मंसिर १, २०८२
English
Follow us:

उपेन्द्रले बोलाए केन्द्रीय समिति बैठक, के छन् एजेन्डा?

उपेन्द्रले बोलाए केन्द्रीय समिति बैठक, के छन् एजेन्डा?

  • खबर सेवा

  • शनिबार, माघ २६, २०८१

  • 136
    SHARES
उपेन्द्रले बोलाए केन्द्रीय समिति बैठक, के छन् एजेन्डा?

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ। आगामी फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने बैठकका एजेन्डा तय गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ। बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology