बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

कस्तो छ आजको भाग्यफल, हेर्नुस्

कस्तो छ आजको भाग्यफल, हेर्नुस्

  • खबर सेवा

  • आइतवार, माघ २७, २०८१

  • 73
    SHARES
कस्तो छ आजको भाग्यफल, हेर्नुस्

आज आइतबार, २७ माघ २०८। हेर्नुस् आजको राशिफल

मेष : शुभ कार्यमा सरिक भइनेछ। विशिष्ट व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सद्‍विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। कामका विभिन्न अवसर फेला पर्लान्। भाग्यले अवसर जुराउनेछ।

वृष : पारिवारिक सम्बन्ध कसिलो हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रविधिका क्षेत्रमा उन्नति र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्ला।

मिथुन : पारिवारिक जमघटमा मन रमाउनेछ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट होला। लक्ष्मी प्राप्तिको योग रहेको छ। वैदेशिक क्षेत्रको काम अघि बढ्ला। सुखद् यात्राको योग छ।

कर्कट : झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। वैदेशिक क्षेत्र कमजोर छ। शरीर भारी र मन अस्थिर रहने देखिन्छ। कार्य सम्पादनमा समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

सिंह : घरमा अतिथिको आगमन हुनेछ। प्राविधिक कार्यमा उन्नतिका साथै आर्थिक वृद्धि हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्रेमीको साथ मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नु होला।

कन्या : सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्ला। आर्थिक उन्नतिका साथै प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नसक्छ।

तुला : समाजसेवामा मन लाग्नेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिको योग देखिन्छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

वृश्चिक : महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। काममा ढिलासुस्ती हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।पढाइलेखाइमा खासै प्रगति हुने देखिन्न तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

धनु : कला र मनोरञ्जनमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। जोशजाँगर र उमंग बढ्नेछ। सेयर बजारको साथ मिल्नेछ। पूँजी बजारमा लगानीको अवसर छ।

मकर : रमाइलो यात्राको सम्भावना छ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट होला। व्यापार भने सामान्य हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कुम्भ : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। जुक्ति प्रयोग गरे एकपछि अर्को अवसर मिल्नेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।

मीन : मनको अस्थिरता र अधैर्यताका कारण निर्णय क्षमतामा कमी आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। आत्मघाती काम गर्नबाट सावधान हुनुहोला। साँझमा भने सहयोगीको साथमा हुनेछन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology