बुधबार, चैत्र १२, २०८१
English
Follow us:

चितवनमा बस दुर्घटना, २५ घाइते

चितवनमा बस दुर्घटना, २५ घाइते

  • खबर सेवा

  • आइतवार, माघ २७, २०८१

  • 72
    SHARES
चितवनमा बस दुर्घटना, २५ घाइते

काठमाडौँ। नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु।प्र ०३-००१ ख ००७७ नम्बरको बस आइतबार (आज) बिहान ४ : ३० बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेतीदोभान पुलबाट खसेको हो।

दुर्घटनामा बसमा सवार ३० जनामध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए। उनका अनुसार घाइतेलाई चितवन मेडिकल कलेज लगिएको छ भने अवस्था सामान्य छ।

टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डीएसपी महतोले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology