कस्तो रहला आजको मौसम?
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही सिलसिला जारी रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...




