राजनीति

प्रचण्डको आरोप : कांग्रेस एमालेले सत्ताका लागि राजनीति गरे, सत्तालिप्सा भए

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन्।

‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो । संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नुभएन । ६ महिना शासन गरेपछि २०८७ मा संविधान संशोधन गर्ने भन्न थाल्नुभयो’, उनले भने ।

कांग्रेस र एमालेले संविधानको अभिन्न अङ्ग रहेको वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल नगरेकोमा उनले आपत्ति जनाए। संविधाने संशोधन गर्ने हो भने शान्ति सम्झौताका एक मुख्य घटक माओवादीसँग छलफल गर्नुपर्ने धारणा राखे । अब पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुनै नसक्ने प्रचण्डले जिकिर गरे ।

सम्बन्धित समाचार

यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद

यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रति र रर रनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...

धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो

धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो

काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर...

रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध

रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने...

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...