
काठमाडौं। फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । नायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिने भएको हो । गीत रिमेक हुने भएको छ ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिमेकमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर रहनेछ। ‘नरसिंहा : अवतार’का निर्देशक दिवाकार भट्टराईका अनुसार यो गीतको भिडियो १५ लाख रुपैयाँ खर्च गरेर तयार गरिएको हो । काठमाडौंको जरसिंपौवामा सेट निर्माण गरी चार दिन लगाएर छायाङ्कन सकिएको उनले बताए ।