
काठमाडौँ। लामो समयपछि फर्ममा फर्किएका कप्तान रोहित शर्माले विष्फोटक ब्याटिङ गर्दा भारतले इंग्ल्याण्डविरुद्ध लगातार जित निकालेको छ। एकदिवसीय सिरिजमा भारतले इंग्ल्यान्डमाथि दोस्रो जित निकाल्दै दबाबमा राखेको छ।
गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इंग्ल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ। अब सिरिजको अन्तिम खेल बुधबार हुदै छ।