राजनीति

‘नो केबलकार समूह’सँग भाडियो वार्ता, दोस्रो चरणका आन्दोलन घोषणा

काठमाडौँ। नो केबलकार समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ। मक्कुम्लुङ सेमुक्तु मुक्तुबो माङ (पाथीभरा) धार्मिक स्थलमा केबलकार बनाउन नहुने अडान राख्दै आएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् पुनः संघर्षका कार्यक्रम घोषणा गरेको हो।

‘माघ २२ गतेका दिन सरकारी वार्ता समिति र आन्दोलनरत पक्षको वार्ता सहजीकरण समितिबीच वार्ताको वातावरण बनाउन ६ बुँदे समझदारी भएको थियो। सो समझदारी बमोजिम वार्ताको न्यूनतम वातावरण बनाउनका लागि अनिश्चितकालीन यातायात बन्द स्थगन गरिएको तर सरकारले विनाशर्त बन्दी रिहाइ गर्नुका साटो धरौटीमा रिहाइ गरेको, हालसम्म केबलकार निर्माण कार्य पनि नरोकेको, उच्चस्तरीय सरकारी वार्ता समिति गठन नगरेको पाइयो,’ संघर्ष समितिले भनेको छ।

‘हिजो माघ २७ गते बेलुकीसम्ममा उच्चस्तरीय वार्ता समिति गठन गर्न सरकारसमक्ष माग राखिएकोमा सरकार गम्भीर नभएको, निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाइ अलमलाउने, थकाउने र लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान बाध्य भएका छौं,’ समूहले विज्ञप्तिमार्फत् भनेको छ।

समूहले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमईको सेवा बहिष्कार गर्ने संघर्षको कार्यक्रममा उल्लेख गरेको छ। फागुन ६ देखि ८ गतेसम्म मुक्कुम्लुङ बचाऔं पदयात्रा कार्यक्रम गर्ने घोषणा गरेका छन्।

त्यस्तै केवलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने पनि कार्यक्रम राखेका छन्।

केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने र काठमाडौं, इटहरी र बिर्तामोडमा केबलकार विरोध सभा आयोजना गर्ने उनीहरूको तयारी छ।

त्यस्तै केबलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत् संघ सरकारलाई विरोधपत्र बुझाउने पनि उनीहरूको तयारी छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने र विदेशस्थित दूतावासबाट पनि विरोधपत्र पठाउने उनीहरूको तयारी छ।

सम्बन्धित समाचार

महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न

महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न

काठमाडौं। शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न पाउनुभएको छ। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका...

नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह

नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गर्नुुभएको...

अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले

अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई...

१६ एसपीहरूको पदस्थापना

१६ एसपीहरूको पदस्थापना

​काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापना गरेको छ । गृह मन्त्रालयको सचिव स्तरीय निर्णय...