मुख्य समाचार

हेर्नुस् आजको राशिफल

आज मंगलबार, २९ माघ २०८१ ९११ फेब्रुअरी २०२५०।

मेष : मित्रसँग व्यर्थको विवाद होला। नजिकका व्यक्तिले नै कुरा काट्न सक्छन्। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। आँटेको काम सबै पूरा नभए निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ।

वृष : शुभ समाचार सुन्न पाइएला। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। अचल सम्पत्ति हात पर्न सक्छ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

मिथुन : अधुरा काम पूरा हुनेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

कर्कट : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोकिएका काम पूरा हुनेछन्। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढी चढ्न सकिनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्।

सिंह : सुखदुःख बराबरी हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। साथीभाइ नै काम बिगार्न सक्रिय रहने देखिन्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला।

कन्या : आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। मित्रबाट सहयोग जुट्नेछ।

तुला : चलाखीपनले कार्यसिद्ध हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। प्रणय सम्बन्धको लागि समय राम्रो छ। सेयर बजारबाट लाभ लिन सकिन्छ।

वृश्चिक : मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहनेछ। मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

धनु : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।

मकर : समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ र शुभ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ।

कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्न सक्छ। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्।

मीन : सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक कामबाट सफलता पाइनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

 

सम्बन्धित समाचार

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...