बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’मा बालेनको गीत

‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’मा बालेनको गीत

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 71
    SHARES
‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’मा बालेनको गीत

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ गीतमा स्वर दिएका छन्। ‘नेपाल हाँसेको’ बोलको गीतमा मेयर शाहको स्वर, संगीत र शब्द रहेको छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ। शाह मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलो पटक हो। मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन्।

बालेनको लोकप्रियता जस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ। फागुन १४ गते महाशिवरात्रिका दिन प्रदर्शन हुने ‘लाज शरणम्’ ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा।।।’ बोलको गीत सार्वजनिक गरेको थियो।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को टिमले बनाएको हो । मुख्य भूमिकामा सीताराम कट्टेल ‘धर्मुस’ रहेको चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology