बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

आहा रारामा भिड्दैछन् दुई विदेशी टिम

आहा रारामा भिड्दैछन् दुई विदेशी टिम

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 66
    SHARES
आहा रारामा भिड्दैछन् दुई विदेशी टिम

काठमाडौँ। आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा आज सिक्कीमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा हुनेछ।

यसअघि नेपाल पूलिस क्लब, थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। उज्वेकिस्तानको टोलीले पहिलो खेल खेल्न लागेको हो। सिक्कीमको टोलीले भने प्रि–क्वार्टरफाइनलमा संकटा क्लबलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो।

यो खेलको विजेताले सेमिफाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ। थ्रीस्टारले टाइब्रेकरमा मछिन्द्र एफसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। ३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology