बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 69
    SHARES
बढ्यो सुनको भाउ

काठमाडौँ। आज पनि सुनको मूल्य बढेको छ। गएको आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको छ।

गएको शुक्रबार थोरै घटेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार बढिरहेको छ। सुनको मूल्य हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो

आइतबार सुन एक लाख ६८ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ गिरावट आएको थियो

आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७५ रुपैयाँ थियो।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology