
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। काठमाडौंमा भएको महाधिवेशनबाट पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित बनेकी हुन् ।
महिला उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित बनेकी हुन् । अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्। दलित उपाध्यक्षमा दुर्गा सोब पनि निर्विरोध भएकी छन्।