बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

सकसमा सरकार, भूमिसम्बन्धी अध्यादेश पारित नगराउने पक्षमा उभिए उपेन्द्र

सकसमा सरकार, भूमिसम्बन्धी अध्यादेश पारित नगराउने पक्षमा उभिए उपेन्द्र

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 100
    SHARES
सकसमा सरकार, भूमिसम्बन्धी अध्यादेश पारित नगराउने पक्षमा उभिए उपेन्द्र

काठमाडौँ। सरकारले ल्याएका अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश पारित हुन सकस देखिएको छ। सरकारले संसद्का दुवै सदनमा पेस गरेकामध्ये ५ अध्यादेश पारित हुन सहज भए पनि उपेन्द्र यादव निकट जनता समाजवादी पार्टी (जसपा) नेपालले असमर्थता देखाउँदा सोही अध्यादेश पारित हुन सकस देखिएको हो।

जसपा नेपालले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा सदनमा सहमति नजनाउने निर्णय गरेको सो संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बताइन्।

माघ २४ गते दुवै सदनको कार्यसूचीमा अध्यादेश राखेपछि सोही दिन जसपा नेपालको संसदीय दलको बैठक बसेको थियो । बैठक चलिरहेकै बेला कार्यसूचीबाट अध्यादेश हटेपछि जसपा नेपालले त्यो दिन कुनै निर्णय गरेन ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology