बुधबार, चैत्र १२, २०८१
English
Follow us:

अध्यादेश घाँटीमा अड्कियो : जनार्दन शर्मा

अध्यादेश घाँटीमा अड्कियो : जनार्दन शर्मा

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 84
    SHARES
अध्यादेश घाँटीमा अड्कियो : जनार्दन शर्मा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भनेर टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘मिठो खाने कुरा घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन्, एजेन्डामा छलफल गर्न किन पछि परिरहेको छ?’

शर्माले सरकारमा भएकाहरूले संसद्‌लाई पूर्वाग्रहपूर्ण बहको थलो बनाउन नहुने धारणा पनि राखे। ‘आग्रह-पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनुहुँदैन। बहस अन्तैअन्तै गइरहेका छन्। सरकार ढल्यो ढल्यो वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन। जनजीविकाका सवालमा सरकारले के गर्छ? चासो जनतालाई यो छ,’ उनले भने, ‘जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने? यो बहस किन हुँदैन?’ भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology