बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

घरभित्रै मृत भेटिइन् महिला, हत्या वा आत्महत्याबारे अनुसन्धान हुँदै

घरभित्रै मृत भेटिइन् महिला, हत्या वा आत्महत्याबारे अनुसन्धान हुँदै

  • खबर सेवा

  • बुधबार, माघ ३०, २०८१

  • 27
    SHARES
घरभित्रै मृत भेटिइन् महिला, हत्या वा आत्महत्याबारे अनुसन्धान हुँदै
प्रतिकात्मक तस्बिर

काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव आफ्नै घरभित्र मंगलबार राति फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए।

सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा गंगाकुमारी भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको छ।

वडाध्यक्ष आङ्गबोका अनुसार गंगाकुमारीका श्रीमान भारतमा बस्दै आएका छन्। उनको मृत्युको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान सुरु गरिएको झिलझिले प्रहरीले जनाएको छ। रासस

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology