राजनीति

बाबुरामको पार्टीको मतगणना आज हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनअन्तर्गत नयाँँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार अबेर राति मतदान सकिएको नेसपा नयाँ शक्तिले जनाएको छ । मतगणना आज (बुधबार) बिहान १० बजेदेखि गर्ने तयारी भएको बताइएको छ।

काठमाडौंमा जारी महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन हुन लागेका हुन्।

माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने नेसपा नयाँ शक्तिले जनाएको छ । महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ ।

सम्बन्धित समाचार

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

काठमाडौं । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज बर्दघाट नगरपालिका–चिसापानीस्थित...

पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी

पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंमा आउने भएपछि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ। झापा...

राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज

राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज

काठमाडौंं।  राष्ट्रियसभाको चालु अधिवेसनको अन्तिम बैठक आज बस्दैछ। दिउँसो सवा १२ बजे बस्ने अन्तिम बैठकमा केही प्रतिवेलनहरु पेश हुनेछ...