बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

बाबुरामको पार्टीको मतगणना आज हुँदै

बाबुरामको पार्टीको मतगणना आज हुँदै

  • खबर सेवा

  • बुधबार, माघ ३०, २०८१

  • 58
    SHARES
बाबुरामको पार्टीको मतगणना आज हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनअन्तर्गत नयाँँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार अबेर राति मतदान सकिएको नेसपा नयाँ शक्तिले जनाएको छ । मतगणना आज (बुधबार) बिहान १० बजेदेखि गर्ने तयारी भएको बताइएको छ।

काठमाडौंमा जारी महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन हुन लागेका हुन्।

माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने नेसपा नयाँ शक्तिले जनाएको छ । महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology