बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

  • खबर सेवा

  • बुधबार, माघ ३०, २०८१

  • 63
    SHARES
बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

काठमाडौं। च्याम्पियन्स ट्रफीको लागि भारतको टोलीमा तीव्र गतिका बलर जसप्रित बुमराह नहुने पक्का भएको छ। बुमराहको अझै पनि आफ्नो ढाडको दुखाइबाट पूर्ण रूपमा निको नभएपछि टोलीमा नराख्ने पक्का भएको हो। गत जनावरीमा सिड्नी टेस्टको क्रममा उनलाई चोट लागेको थियो। जसका कारण उनले इंग्ल्यान्डविरूद्धको सिरिज गुमाएका थिए।

उनको पुनरागमनको कहिले हुने बारेमा कुनै पुष्टि भएको छैन। सम्भवतः उनी केही हप्तामा दौडिन सुरु गर्नेछन् र त्यसपछि बिस्तारै बलिङमा फर्कनेछन्। चोटका कारण बुमराहले गुमाउने यो दोस्रो आइसिसी प्रतियोगिता हो। ढाडको चोटका कारण बुमराहले अष्ट्रेलियामा २०२२ को टी २० विश्वकप गुमाएका थिए।

बुमराहको स्थानमा हर्षित रानालाई टोलीमा राखिएको छ। उनले इङ्गल्याण्डविरुद्धको जारी सिरिजमा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology