बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

साँखुमा स्कुल बस दुर्घटना : छ जनाको मृत्यु, ४० घाइते

साँखुमा स्कुल बस दुर्घटना : छ जनाको मृत्यु, ४० घाइते

  • खबर सेवा

  • बुधबार, माघ ३०, २०८१

  • 82
    SHARES
साँखुमा स्कुल बस दुर्घटना : छ जनाको मृत्यु, ४० घाइते

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् भने दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये चार जनाको शंखरापुर अस्पताल र अरु दुई जनाको नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक नविन चुदालिको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको पिपुल्स लाइफ कियर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology