बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

भूमि अध्यादेशबाट बिच्किएको लोसपा, सरकार छाड्न पनि तयार

भूमि अध्यादेशबाट बिच्किएको लोसपा, सरकार छाड्न पनि तयार

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १, २०८१

  • 74
    SHARES
भूमि अध्यादेशबाट बिच्किएको लोसपा, सरकार छाड्न पनि तयार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल भूमिसम्बन्धी अध्यादेशमा असन्तुष्टि देखाउँदै सरकार छाड्ने संकेत देखाएको छ। सरकारले राष्ट्रियसभामा दर्ता गरेको अध्यादेश पारित नगर्ने पक्षमा उभिएको लोसपा सरकार छाड्न समेत तयार रहेको बताउन थालेको छ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गरेका छन् । सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले भने, ‘केन्द्रीय सरकारलाई नैतिक संकट आएको छ,हामीले भूमि सम्बन्धी अधयादेशको विरोध गरेका छौं । नदी किनार,जंगल छेउमा आएर कब्जा गछृन् । हामीले सरकार गिराउन खोजेको होइन तर नैतिक संकट त आयो । हामी अहिलेसम्म सरकारमा थियौं तर अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट । हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिपर्ने हुन्छ । उनीहरुलाई नै हटाइदिन पनि सक्छन् ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology