बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

१२ रुपैयाँमा झर्यो काउली, बन्दा ११ [अरू कति?]

१२ रुपैयाँमा झर्यो काउली, बन्दा ११ [अरू कति?]

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 52
    SHARES
१२ रुपैयाँमा झर्यो काउली, बन्दा ११ [अरू कति?]

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९शुक्रबार० कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज पनि कालीमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा २०, रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा ११, नरिवल बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि तराईको काउली १२, सेतो मुला १७, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५, हरियो फर्सी १२, भिन्डी ९५, घिरौँला ११०, स्कुस ३५, रायोको साग १२, कन्य च्याउ ११०, डल्ले च्याउ ३७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ५५, सानो नेपाली गोलभेँडा २०, रातो आलु ३४, भारतीय रातो आलु ३२, तराईको गाँजर २५, लोकल बन्दा, तराईको बन्दा, नरिवल बन्दा, रायोको साग, स्थानीय काउली र तराईको काउलीको मूल्य किलोको १२ रुपैयाँ थियो।

त्यसैगरि हिजो लाम्चो भन्टा २५, करेला ९५, लौका र पाकेको फर्सी ४५, हरियो पर्सी १५, चमसुरको साग ४०, कन्य च्याउ १०५, डल्ले च्याउ ३८६, सजिवन १७५, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology