शुक्रबार, मंसिर १९, २०८२
English
Follow us:

नागरिक उड्ययनले माग्यो २५ कर्मचारीका लागि आवेदन

नागरिक उड्ययनले माग्यो २५ कर्मचारीका लागि आवेदन

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 131
    SHARES
नागरिक उड्ययनले माग्यो २५ कर्मचारीका लागि आवेदन

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवाका लागि २५ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, सातौँ तहको लागि वरिष्ठ अधिकृत २५ जना माग गरिएको जानकारी दिएको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले यही फागुन २१ गतेसम्म दरखास्त दिनसक्नेछन्।

मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि (आईटी) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेका, नागरिक उड्यन प्रशिक्षण प्रतिष्ठानबाट कम्तिमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम लिएका २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology