स्वास्थ्य

किन घुर्छ मान्छे?

प्रायः मानिसमा निदाएको बेला घुर्ने समस्या हुन्छ। निद्रामा घुर्नुका विभिन्न कारण हुन्छन्। तीमध्ये मुख्य कारण यी हुन्ः

१. मोटोपन

२. नाक, कान, घाँटीको समस्या

३.दाँतको बनावट नमिल्नु

४. सुताइ नमिल्नु

५. रक्सी सेवन

६. श्वासप्रश्वास र छातीको समस्या।

मोटोपनका कारण धेरै मान्छेहरूमा घुर्ने समस्या आउँछ। मोटा मान्छेहरू धेरै घुर्छन्।

नाक, कान, घाँटीमा कुनै समस्या छ भने समेत घुर्ने समस्या हुन्छ। घाँटी सानो हुनेहरू निद्रामा घुर्न सक्छन्। दाँतको बनावट मिलेन भने पनि घुर्ने समस्या हुन सक्छ।

घुर्नुको अर्को कारण सुताइमा समस्या आउनु हो। जस्तोः सुत्ने अवस्था, सिरानी लगायत नमिल्दा पनि व्यक्तिहरू घुर्छन्। अरू बेलामा नघुर्ने व्यक्ति रक्सी खाएका बेलामा घुर्न सक्छ। श्वास-प्रश्वासमा र छातीको समस्या भएका व्यक्ति पनि घुर्न सक्छन्।

घुराइको कुनै त्यस्तो औषधि हुँदैन। घुराइको कारण पत्ता लगाएर त्यसको आधारमा उपचार गर्ने हो। राती सुत्दा बिरामीको अक्सिजन कतिसम्म हुन्छ भनेर पत्ता लगाउनुपर्छ। त्यसको आधारमा बिरामीले अक्सिजन लगाउनुपर्ने्नपर्ने थाहा पाउन सकिन्छ।

राती सुत्दा अक्सिजन कमी हुन्छ। त्यसमाथि घुर्ने समस्या छ भने अझै कम हुन्छ। घुर्ने समस्या पत्ता लगाउन अहिले नयाँरनयाँ प्रविधि समेत आइसकेका छन्।

विकसित देशमा पाइलट, प्रहरी, सेना लगायतको पोलिसोम्नोग्राफी परीक्षण गरिन्छ। राति ड्युटी गर्ने र सुरक्षा गार्डहरूको पनि पोलिसोम्नोग्राफी परीक्षण गर्नुपर्छ। तर नेपालमा यो प्रक्रिया हुँदैन। घुर्ने समस्याको औषधि अहिलेसम्म बनेको छैन।

निद्रामा कसैको सास नै केही समय रोकिन्छ जसले गर्दा मृत्युसम्म हुने खतरा रहन्छ। घुर्ने समस्या भएकालाई प्रेसर, सुगर, थाइरोइड, कोलेस्ट्रोलको समस्या हुन्छ। यदि छैन भोलिका दिनमा हुने सम्भावना धेरै हुन्छ। यसको उपचार नगरे मुटु र मष्तिस्कको समस्या हुन्छ।

मोटा मात्र होइन, दुब्ला व्यक्ति पनि घुर्छन्। दाँतको समस्या छ भने यसको समस्या समाधान गरेपछि अरू थप उपचार गर्न पर्दैन। त्यस्तै नाकको समस्या भए यसकै उपचार गर्ने हो। यसरी उपचार गर्दा समेत ठीक भएन भने सिप्याप या वाइप्याप उपकरण लगाएर सुत्नुपर्छ।

कोही व्यक्ति सुत्दा छेउकाले मात्र थाहा पाउँछ भने त्यसलाई सामान्य मान्न सकिन्छ। सिरानी, सुताइको अवस्था मिलाउँदा घुर्न छोड्छ भने त्यो समान्य घुराइ हो। तर बाघ घुरेजस्तो घुर्छ भनिन्छ भने त्यो सामान्य होइन।

घुर्ने समस्या यसै छोड्न हुँदैन। यसले मुटु र मष्तिस्कमा असर गर्ने भएकाले सचेत हुनुपर्छ। सुगर, प्रेसर, थाइरोइड भएका मान्छे निद्रामा घुर्छन् भने उनीहरू उच्च जोखिममा पर्छन्।

घुर्ने समस्या भएका व्यक्तिहरू दिउँसो सोफामा बस्दा समेत निदाउने, राति सास फेर्न गाह्रो भएजस्तो हुने, पिसाब फेर्न उठिरहनुपर्ने समस्या भएको बताउँछन्। सबै घुर्नेहरूलाई आफू घुर्छु भन्ने थाहा हुँदैन। त्यसैले परीक्षण गरेपछि मात्र थाहा हुन्छ।

विभिन्न स्वास्थ्यसम्बन्धी एजेन्सीबाट साभार

सम्बन्धित समाचार

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा...

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

काठमाडौँ।  वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...

“अहिले मर्निङ्गवाक नगरौँः मस्तिष्कघात र हृदयघातको जोखिम बढ्छ” : डा. रक्षा गौतम

“अहिले मर्निङ्गवाक नगरौँः मस्तिष्कघात र हृदयघातको जोखिम बढ्छ” : डा. रक्षा गौतम

काठमाडौँ। काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर खतराको बिन्दुमा पुगेको छ । लामो समयदेखि वर्षा नहुनु र जाडोयाममा हावाको बहाव...

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

काठमाडौ। स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा...