बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

यी हुन् शनिबार हमासले रिहा गर्ने ३ बन्धक

यी हुन् शनिबार हमासले रिहा गर्ने ३ बन्धक

  • खबर सेवा

  • शनिबार, फाल्गुन ३, २०८१

  • 60
    SHARES
यी हुन् शनिबार हमासले रिहा गर्ने ३ बन्धक

काठमाडौँ। हमासले शनिबार बन्धकमुक्त हुने तीन जनाको सूची सार्वजनिक गरेको छ। इसराइलले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै योपटक बन्धक रिहाई केही ढिला गर्ने जानकारी यसअघि हमासले गराएको थियो।

शनिबार रिहा हुने तीनै जना बन्धक पुरूष छन्। बन्धक मुक्त हुनेको सूचीमा रूसी मूलका इसराइली नागरिक २९ वर्षीय अलेक्जेन्डर ट्रुफेनभ, अमेरिकी मूलका इसराइली ३६ वर्षीय डेकेल चेन र अर्जेन्टिनी मूलका इसराइली ४६ वर्षीय लाइर हर्न छन्।

हमासले तीन जना बन्धक रिहा गरेपछि इसराइलले ३६९ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology