मुख्य समाचार

गाँजा-चरेससहित रूपन्देहीबाट सात पक्राउ, २० किलो चरेस र २१ किलो गाँजा बरामद

लुम्बिनी। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेस र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो।

प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागूऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध र कारोबारमा संलग्नलाई पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए। प्रहरीले धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय दीपक तामाङ, सोही स्थानका ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ।

त्यसैगरी रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का २३ वर्षीय दीलिप केवट र स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागूऔषध कारोबारमा संलग्न उनीहरूको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

वीर अस्पतालले गर्‍यो बिमामार्फतको सेवा कटौती

काठमाडौँ।  वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ। विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले...

कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष

कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाजहरू क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको...