बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

'उच्च निगरानीमा उपचार चाहिन्छ'

अर्थमन्त्री र मेयरको स्वासनली र फोक्सोमा असर देखिने सम्भावना छ : अस्पताल

अर्थमन्त्री र मेयरको स्वासनली र फोक्सोमा असर देखिने सम्भावना छ : अस्पताल

  • खबर सेवा

  • शनिबार, फाल्गुन ३, २०८१

  • 64
    SHARES
अर्थमन्त्री र मेयरको स्वासनली र फोक्सोमा असर देखिने सम्भावना छ : अस्पताल

काठमाडौँ। पोखरामा आज (शनिबार) भएको बेलुन जलेर पड्किँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा चलिरहेको छ।

बेलुनमा आगो सल्केपछि विष्फोट हुँदा घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार गरिँदैछ। अस्पतालका अनुसार अहिले उनीहरूको उपचार सघन कक्षमा भइरहेको छ।

चिकित्सकको प्रारम्भिक अनुसन्धानअनुसार ५ देखि ६ प्रतिशत अनुहारमा जलन छ। यही कारण स्वासनली र फोकसोमा असर देखिने सम्भावना छ।

चिकित्सकले निकालेको विज्ञप्तिअनुसार दुवैजनालाई उच्च निगरानीमा उपचार गर्नुपर्ने देखिन्छ। पोखरा भ्रमण वर्षको उद्घाटनशत्रको कार्यक्रममा सहभागी हुँदा बेलुन विष्फोट भएको थियो। अर्थमन्त्री र मेयरबाहेक अन्यलाई भने विष्फोटले असर नगरेको सहभागी एकजना बताउँछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology