२ वर्षका बालकलाई चितुवाले आँगनबाटै लगेर मार्यो
काठमाडौँ। बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ। शनिबार बेलुकी ७ बजे बर्दियाको मधुवन नगरपालिका ९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार आगनमा खेलिरहेका बालकलाई चितुवाले टिपेर लगेको थियो। बाहिर छोरा नदेखेपछि रिहानका आमा रचनाले हार गुहार गरेकी थिइन्। गाउँलेहरू मिलेर यताउता खोज्दा नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो।
प्रहरीसहितको टोलीले खोजी गर्दा राति सवा ९ बजे घरबाट झन्डै ५ सय मिटर पर बालकको शव भेटिएको डिएसपी घर्तिमगरले जानकारी दिए। रचना शनिबार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्। रचनाको घर भने बाँकेको राप्तिसोनारी गाउँपालिका-५ हो। शनिबार बेलुकी उनीहरू घरभित्र हुँदा छोरा आगनमा खेलिरहेका थिए।
मृत भेटिएको उनको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको छ। घाउखतको विश्लेषण गर्दा चितुवाले आक्रमण गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको हो। राति सवा ११ बजेपछि मुचुल्का तयार पारी बालकको शव पोष्टमर्टका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको डिएसपी मगरले जानकारी दिएका छन् ।
आइतबार पोष्टमर्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ।
ताजा अपडेट
-
१.
१२१ किलो चरेससहित दुई पक्राउ
-
२.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
३.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
४.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
५.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)
सम्बन्धित समाचार
१२१ किलो चरेससहित दुई पक्राउ
काठमाडौं। मकवानपुरमा करिब १२१ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेसजस्तो देखिने...
हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा...
कुमाल बस्तीमा पिउने पानीको समस्या
भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार...
काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे...




