राजनीति

अध्यादेशको बचाउमा ओली, सदनमा भने : अध्यादेशको अधिकार माओवादीका लागि मात्र होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीलाई माओवादी सांसद वर्षमान पुनले ‘अध्यादेशलाई ल्याएर संरद्लाई किन होच्याएको?,’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन आग्रह गरे ।  २०८० वैशाख २० गते सम्झन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो ।’

आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको उनले जिकिर गरे । ‘मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र?,’ प्रधानमन्त्री ओलीले भने, ‘अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ, पार्टी फुटाउनका लागि भनेर ।’

सम्बन्धित समाचार

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार...

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब...

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले...

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न...